Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

देवरले गरे भाउजूको हत्या, दाई गम्भीर

देवरले गरे भाउजूको हत्या, दाई गम्भीर

बिहिवार , चैत्र १३, २०८१

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा देवरले भाउजूको हत्या गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१ बस्ने २२ वर्षका राहुल दासले घरायसी विवादको कारण खुकुरी प्रहार गरी भाउजूको हत्या गरेका हुन् ।

राहुलले ३५ वर्षकी गुडिया दासलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । त्यसपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपेशले आफ्ना माइलो दाजु रुपेश दासलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।

खुकुरी प्रहार गर्ने राहुललाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077