Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

शुक्रबार गणतन्त्रवादी-राजावादीको प्रदर्शन : घुसपैठको खतरा, ‘हाई अलर्ट’मा प्रहरी !

शुक्रबार गणतन्त्रवादी-राजावादीको प्रदर्शन : घुसपैठको खतरा, ‘हाई अलर्ट’मा प्रहरी !

बिहिवार , चैत्र १३, २०८१

काठमाडौं । शुक्रबार काठमाडौंमा गणतन्त्रवादी र राजावादीको बेग्लाबेग्लै प्रदर्शन हुँदैछ । प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा पूर्वराजा समर्थकले प्रदर्शन गर्न लागिेका हुन् ।

जसको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी खटाइने भएको छ । सम्भावित मुठभेठ रोक्नका लागि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा वरिष्ठ उपरीक्षक विश्व अधिकारीको नेतृत्वमा ३५ सय सुरक्षाकर्मी परिचालन हुने छन् ।

काठमाडौं परिसरमै कमाण्ड सेन्टर बनाएर प्रहरी खटाइने व्यवस्था मिलाइएको छ । नेपाल प्रहरीले शुक्रबार २४ घण्टा सुरक्षा व्यवस्था कायम राख्ने तयारी गरेको छ ।

सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले प्रदर्शनीमार्ग र तीनकुनेमा सादा पोशाकमा समेत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नेछ । गणतन्त्रवादी राजावादीबीच घुसपैठको जोखिम पनि उत्तिकै रहेको छ ।

तर प्रदर्शनमा घुसपैठको खतरा नरहेको प्रहरीको उच्च स्रोत बताउँछ । यद्यपि प्रहरीले उच्च सतर्कता अपनाउने छ । समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने गरी रुट तय गरेको छ ।

कुपण्डोलमा भेला हुने मोर्चाका समर्थक त्रिपुरेश्वरबाट प्रदर्शनीमार्ग पुग्नेछन् । यता सुरक्षा रणनीति अनुसार पूर्वराजाका समर्थकलाई सकभर रिङरोडमा मात्रै जुलुस निकाल्ने गरी ‘कर्डन’को व्यवस्था मिलाइएको छ ।

भक्तपुरबाट आउने राजावादीहरूलाई तीनकुनेमै रोक्ने रणनीतिमा प्रहरी रहेको छ । गणतन्त्रवादी र राजावादीलाई भेट हुन नदिने रणनीतिमा प्रहरी रहेको छ । यसैगरी ट्राफिक व्यवस्थापनका लागि करिब ७ सय ट्राफिक प्रहरी खटिनेछन् ।

शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी चुक्दैन : एसएसपी अधिकारी

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले प्रदर्शनकारी दुवै पक्षले प्रशासनबाट अनुमति लिएकाले तोकिएको स्थानमै कार्यक्रम गर्न सहमत भएको बताएका छन् ।

उनका अनुसार, काटेश्वरबाट आउने जुलुसलाई बानेश्वर प्रवेश गर्न नदिइने र समाजवादी पक्ष तिनकुने करिडोर हुँदै आउने व्यवस्था मिलाइएको छ ।

आम नागरिकको आवागमन प्रभावित हुन नदिन ट्राफिक डाइभर्सनको व्यवस्था गरिएको उनले बताए । साथै, यातायात सम्बन्धी जानकारीका लागि ‘१०३’ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

‘सकभर मुठभेड हुन दिने अवस्था आउन दिँदैनौं, शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी चुक्दैन । प्रदर्शनमा उत्रिनेहरूलाई पनि संयम भएर शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न हामी सुझाउँछौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077