Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

३० हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

३० हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

बिहिवार , चैत्र १३, २०८१

काठमाडौं । सेवाग्राहीसँग घुस लिएको आरोपमा नेपाल प्रहरीका एकजना नायब निरीक्षक (सई) पक्राउ परेका छन् ।

अवैध रुपमा सामान आयात गर्न सहयोग गर्ने भन्दै ३० हजार घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले सई खिम बहादुर खड्का लाई पक्राउ गरेको हो ।

खड्का रुपन्देही जिल्लाको दुर्गौलिया नाकामा रहेको प्रहरी चौकी, हाटी बनगाई दुर्गौलियामा कार्यरत रहेका थिए ।

उनीमाथि भारतबाट भन्सार छली गरेर घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गर्ने नाममा सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो ।

सोही सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई मायादेवी गाउँपालिका–६ अन्तर्गतको क्षेत्रबाट पक्राउ गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077