Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

दुर्गा प्रसाईका सहयोगी देवी संग्रौला र विष्णुजंग बस्नेत पक्राउ

दुर्गा प्रसाईका सहयोगी देवी संग्रौला र विष्णुजंग बस्नेत पक्राउ

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंका सहयोगी देवी संग्रौला र विष्णुजंग बस्नेत पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार संग्रौलालाई ललितपुरको भैँसेपाटी र बस्नेतलाई बालकुमारीबाट पक्राउ गरेको हो ।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा अराजक गतिविधि गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीले तीनकुनेको एक घरमा लगाएको आगोमा परी पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । अर्का एक जना सविन महर्जनको प्रहरीको गोली लागी मृत्यु भएको थियो।

तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ४१ जनामाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। दुर्गा प्रसाई भने हालसम्म फरार अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077