काठमाडौं । चर्चित मिथिला थालीका सञ्चालक सन्तोष साह सेफ सन्तोषलाई कम्तीमा ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला अदालत, काठमाडौंले सेफ सन्तोषलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले साहलाई बैंकिङ कसुरको आरोपमा शनिबार जनकपुरबाट पक्राउ गरेको थियो ।
त्यसपछि काठमाडौं ल्याएर उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली बुझाएको थियो ।
सेफ सन्तोषलाई हिरासतमा राख्न म्याद माग्दै प्रहरीले आज सोमबार कार्यालय खुलेलगत्तै जिल्ला अदालत, काठमाडौंमा हाजिर गराएको थियो ।