काठमाडौँ । काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनको हिंसात्मक रूपबारे अनर्गल फोटो र भिडियोहरू प्रसारण गरिएको भन्दै प्रहरीले त्यस्ता क्रियाकलाप रोक्न आग्रह गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
सामाजिक सञ्जालमा प्रसारण भएका अनर्गल फोटो र भिडियोहरूका कारण अन्योल, भय र गलत धारणा फैलिन सक्ने भन्दै प्रहरीले तीनकुने घटनाको सामग्री भए उपलब्ध गराउन आग्रह गरेको छ ।
घटनाबारे छानबिन र अनुसन्धान भइरहेको भन्दै प्रहरीले त्यस्ता सामग्री भएमा पठाउन पनि अनुरोध गरेको छ ।