काठमाडौं । काठमाडौंको तीनकुनेमा भएका हिंसात्मक प्रदर्शनमा ज्यान गुमाएका किर्तिपुरका सविन महर्जनको शरीरमा एक गोली लागेको देखिएको छ ।
त्रिवि शिक्षण अस्पतालमा आज भएको पोस्टमार्टमको रिर्पोटमा उनको शरीरमा एक गोली लागेको देखिएको हो ।
काठमाडौं प्रहरीका अनुसार उनको दायाँ हातको कुहिने नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको देखिएको छ ।
गत चैत १५ गते भएको हिंसात्मक आन्दोदनका क्रममा गोली लागेर उनको मृत्यु भएको थियो ।
पोस्टमार्टमपछि उनको शव आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।