Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

यी हुन् तीनकुने घटनामा पक्राउ परेका थप १८ जना [नामसहित]

यी हुन् तीनकुने घटनामा पक्राउ परेका थप १८ जना [नामसहित]

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं । काठमाडौँको तीनकुने घटनामा संलग्न भएको आरोपमा थप १८ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँले उनीहरूलाई पहिलोपटक मंगलबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

अब यसअघि हिरासतमा राख्न अनुमति लिइएकाहरूसँगै बुधबार पुनः अदालतमा उपपस्थित गराइने बताइएको छ ।

मंगलबार म्याद थप भएकामध्ये ८ जनालाई राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान गर्न अनुमति लिइएको छ। अरू १० जनालाई आपराधिक उपद्रवमा अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यसअघि आइतबार ४१ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट प्रहरीले अनुमति पाएको थियो ।

नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077