Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

दुबईबाट भन्सार छली ल्याएका ल्यापटप र मोबाइलसहित सातजना पक्राउ

दुबईबाट भन्सार छली ल्याएका ल्यापटप र मोबाइलसहित सातजना पक्राउ

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं । दुबईबाट भन्सार छली ल्याएका ल्यापटप र मोबाइलसहित सात जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौं महानगरपालिका-९ गौशला बत्तीसपुतलीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महोत्तरी बलवा नगरपालिका-१२ का २८ वर्षीय राकेश गिरी, पाल्पाको रम्भा गाउँपालिका-१ का ४१ वर्षीय ताराबहादुर रेस्मी मगर, पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ की ३५ वर्षीय कमला फियाक, मकवानपुर राक्सिराङ गाउँपालिका-९ घर भई हाल काठमाडौं सीतापाइला बस्ने २६ वर्षीय चित्रबहादुर मल्ल ठकुरी रहेका छन् ।

यसैगरी, मकवानपुरको राक्सिराङ गाउँपालिका-९ घर भई सीतापाइला बस्ने चित्रबहादुरको छोरा २४ वर्षीय हुकुमबहादुर मल्ल, उदयपुरको कटारी नगरपालिका-५ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३१ वर्षीय सुमित केसी र मोरङको विराटनगर महानगरपालिका-१५ घर भई हाल काठमाडौं कलंकी बस्ने ३० वर्षीय रसिद आलम रहेका छन् ।

उनीहरूको साथबाट डेल कम्पनीको ल्यापटप ७२ थान, आईफोन प्रोम्याक्स १६ एक थान र आईफोन प्रोम्याक्स १३ चार थान बरामद भएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यीमध्ये कोही दुबईबाट सामान ल्याउने, कोही नेपालमा रिसिभ गर्ने र दुबईबाट सामान मगाई पसल सञ्चालन समेत छन् । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077