Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

तीनकुने घटना : प्रहरीले चलायो ५८ राउन्ड गोली, २० जना घाइते

तीनकुने घटना : प्रहरीले चलायो ५८ राउन्ड गोली, २० जना घाइते

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । गत शुक्रबार भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा २० जनालाई गोली लागेको खुलेको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दिनेश आचार्यले बुधबार पत्रकार सम्मेलन गर्दै हिंसात्मक प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा ५८ राउन्ड गोली चलाउँदा २० जना घाइते भएको जानकारी दिएका हुन् ।

गोली लागेकामध्ये दुई जना महिला रहेको उनले बताए । राजावादी समूहले गरेको प्रदर्शनका क्रममा गोली लागेर ललितपुरका सविन महर्जनको मृत्यु भएको थियो ।

तीनकुनेनजिकै गोली लागेका उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो। उनको कुमनजिकै गोली लागेको अस्पतालले जानकारी दिएको छ। यस्तै कोटेश्वरस्थित शंकर मार्गमा रेविका र दिनेश खत्री घाइते भएका थिए ।

प्रहरीका अनुसार, गोली लागेर घाइतेमध्ये १३ जनाको अझै विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपत्यका प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणअनुसार, शुक्रबार भएको प्रदर्शनमा मात्र प्रहरीले ७४६ राउन्ड अश्रुग्यास हानेको थियो भने १९२ ब्ल्याङ्क राउन्ड फायरिङ गरेको थियो ।

प्रहरीका अनुसार, ५८ राउन्ड हवाई फायर, कार्टिज (छर्रा) २३९ र पेस्तोलबाट २ राउन्ड गोली चलेको छ । चैत १५ गते प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077