Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

नवजात शिशु बिक्री गरेको आरोपमा पाटन अस्पतालकी नर्स पक्राउ

नवजात शिशु बिक्री गरेको आरोपमा पाटन अस्पतालकी नर्स पक्राउ

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । पाटन अस्पतालकी एक नर्सलाई पक्राउ गरी प्रहरीले नवजात शिशु बिक्रीमा सघाएको अभियोग लगाएको छ । ५९ वर्षिय नर्स लक्ष्मीदेवी तुलाधरलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेर मुद्दा दायर गरेको हो ।

प्रेमसम्बन्धमा रहेकी एक १७ वर्षिय किशोरीले गत महिना पाटन अस्पतालमा बच्चा जन्माएकी थिइन् । उनै नर्स तुलाधरको सहयोगमा किशोरीका प्रेमीले बच्चा बिक्री गरेका हुन् ।

जसमा नर्ससहित चार जनाविरुद्ध मुद्दा दायर भएको छ । जसमा नर्स तुलाधर बुधबार धरौटीमा छुटेकी छिन् । सो बच्चा बलात्कारबाट जन्मिएको भन्दै बलात्कारको मुद्दा समेत दायर भएको छ ।

अछामको रामारोशन घर भएका दिपक साउदमाथि बलात्कारको मुद्दा दायर भएको हो । साउद उनै व्यक्ति हुन् जो दुई साताअघि पाटन अस्पतालकै शौचालयबाट भागेकोमा प्रहरीले पछि कञ्चनपुरबाट पक्राउ गरी ल्याएको थियो ।

ओभरसियरसम्बधि विषयमा ललितपुरमा अध्ययनरत एक किशोरीसँग सम्बन्ध राखेर गर्भवती बनाएको अभियोग साउदमाथि छ । पछि बच्चा जन्माएरपछि अस्पतालमै उनले बिक्री गर्न खोजेका थिए ।

नर्सले बच्चा बिक्रीका लागि ६८ वर्षिय सुरेन्द्रबहादुर प्रधान भेटाएका थिए। प्रधानले सो बच्चा करिना बस्नेतलाई दिएकी थिइन्। बच्चा दिएवापत प्रधानले ५० हजार रुपैयाँ दिपक साउदलाई दिएका थिए।

पछि किशोरीका परिवारले घटना थाहा पाएपछि प्रहरीमा उजुरी परेको हो । दिपकलाई जिल्ला अदालत, ललितपुरले बुधबार पुर्पक्षका लागि थुनामा पठाएको छ ।

सुरेन्द्रबहादुरलाई धरौटीमा छाड्ने आदेश भएकोमा धरौटी बुझाउन नभ्याएपछि उनी जेल चलान भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077