धादिङ । जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा धादिङका नदी तथा खोलाहरुमा दोहन बढेको छ । सेटिङ मिलाएर मादपण्डविपरीत नदीजन्य पदार्थको उत्खनन भएपछि स्थानीयहरु आक्रोशित बनेका छन् ।
त्रिशुली, थोपल खोला, फुर्के खोला लगायतमा मापदण्डविपरीत उत्खनन भइरहेको छ । मापदण्डअनुसार नदीको ५ सय मिटरसम्म उत्खनन गर्न पाइँदैन ।
त्यसविपरीत धादिङका सबैजसो खोलामा सिडिओ, जिसस प्रमुख तथा स्थानीय तहका जनप्रनिधि मिलेर खुलेआम दोहन गरिरहेका छन् । कतिपयमा एक्साभेटर समेत प्रयोग गरिएको छ ।
थोपल खोलामा सिद्धलेख गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा तथा प्रशासकीय अधिकृत रामप्रसाद शर्माको मिलेमतो रहेको स्थानीय बताउँछन् ।
वातावरणीय प्रभाव मूल्याङकन नै नगरी ठेक्का लगाएर दोहन लगाइएको छ । यसले बर्खामा ठूलो क्षति हुनसक्ने स्थानीयको चिन्ता छ ।
फुर्के खोलावासीहरूले वस्ती नै बाढीले बगाउने जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । त्यसमा सिडिओ सुमन घिमिरेले चासो नदिएपछि उनको समेत मिलेमतो देखिएको छ ।
जिल्ला समन्वय समिति, धादिङका प्रमुख नवराज अधिकारीको सबैजसो क्रसरहरुमा सेटिङ रहेको स्रोत बताउँछ ।
हेर्नुहोस् भिडिओ :
[video width="352" height="640" mp4="https://media.sobizcdn.com/onlinenepal.com/media-file/images/2025/04/KFZXWGLH.mp4"][/video]