बर्दिया । बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ परेका छन् ।
मदिरा सेवन गरेर मङ्गलबार कार्यालय समयमा कार्यालय भित्र नगरप्रमुख छविलाल थारु र उपप्रमुख रत्नकुमारी पाण्डेलाई अभद्र व्यवहार गरेको भन्दै उनलाई बुधबार बेलुका पक्राउ गरिएको हो ।
नगरप्रमुख थारु सहितको टोलीले जिल्ला प्रहरी कार्यालय बर्दियामा प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई अभद्र व्यवहारको मुद्दा गर्दा गर्न आवेदन दिएका कारण पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
मङ्गलवार कार्यालयको निवासमा कार्यालय समयमा अत्यधिक मदिरा सेवन गरेका प्रमुख प्रशासकीय अधिकृत आचार्यले नगरपालिकाको कार्यालय पुगी उप प्रमुख रत्न कुमारी पाण्डेलाई उप प्रमुखकै कार्य कक्षमा तथानाम गाली गर्दे हातपात गर्ने प्रयास गरे पछि इलाका प्रहरी कार्यालयले मंगलबार नै पक्राउ गरेर साँझ जिम्मा जमानतमा छाडेको थियो ।