Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कैलालीबाट खैरो हेरोइनसहित चारजना पक्राउ

कैलालीबाट खैरो हेरोइनसहित चारजना पक्राउ

बिहिवार , चैत्र २०, २०८१

कैलाली । कैलालीमा लागुऔषधसहित चारजना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

बुधबार अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका वडा नं. ४ स्थित करन सिंह कुमालले सञ्चालन गरेको ‘चन्द्र दीप बोग्टान होटल’ मा शंकास्पद रूपमा बसेका अछाम मंगलसेन नगरपालिका वडा नं. ०५ का १८ वर्षीय भुवन आउजी र वडा नं. ०१ का १८ वर्षीय डम्बर आउजीलाई जाँच गर्दा उनीहरूको साथबाट १ ग्राम २४० मिलिग्राम खैरो हेरोइन बरामद भएको थियो ।

यस्तै, वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नं. ०६ स्थित जंगल रिसोर्ट नजिक आशाराम चौधरी र दिल बहादुर चौधरीलाई शंका लागि जाँच गर्दा उनीहरूको साथबाट १ ग्राम २२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

जम्मा २ ग्राम ४६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077