Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बालुवा तस्करको अक्रमणबाट दुई नगर प्रहरी घाइते

बालुवा तस्करको अक्रमणबाट दुई नगर प्रहरी घाइते

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकामा अवैध रूपमा बालुवा र ढुंगा उत्खनन गर्ने ट्याक्टर नियन्त्रण गर्न खोज्दा नगर प्रहरीमाथि आक्रमण भएको छ ।

बालुवा तस्करी रोक्नेक्रममा उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी असई सञ्जय गिरी र हवलदार बिनोद रेउलेमाथी आक्रमण भएको हो ।

बुधबार बेलुका ७ बजेतिर तुलसीपुर–१२, एयरपोर्ट नजिकै बालुवा तस्करहरुले ग्वारखोलामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टर नियन्त्रणमा लिन गएका नगर प्रहरीमाथि आक्रमण गरेको उपमहानगरपालिकाले जनाएको छ ।

आक्रमणबाट नगर प्रहरी असई गिरी र हवलदार रेउले घाइते भएका छन्।

असई गिरीको नेतृत्वमा रहेका चार जना नगर प्रहरीले रा १ त, ४०२३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिन खोज्दा ट्याक्टर चालक तथा सवारी धनी लगायतका व्यक्तिहरूले अवरोध गर्दै घरेलु हतियारसहित आक्रमण गरेका थिए ।

घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्यको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077