Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

हामी जनताको सेवामा समर्पित हुनुपर्छ : प्रधानमन्त्री ओली

हामी जनताको सेवामा समर्पित हुनुपर्छ : प्रधानमन्त्री ओली

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि जनतालाई सेवा दिनुपर्ने बताएका छन्।

मधेस प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हन् । उनले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ नहुने स्पष्ट पारे।

उनले विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आह्वान गरे।

प्रधानमन्त्री ओलीले भने, ‘जनताले परिवर्तनको उपलब्धि आफ्नो पेट, आफ्नो आङ र सन्ततिको हितमा खोज्छ। त्यसकारण हामीले जनताको जीवनमा लोकतन्त्र दिनुपर्छ। सम्पूर्ण सामाजिक जीवनमा लोकतन्त्र फुलाउनुपर्छ। त्यसका लागि समाजलाई विकास र सुशासनको गतिमा लानैपर्छ।’

प्रधानमन्त्री ओलीले मधेश प्रदेशको सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव अत्यन्त सुन्दर पक्ष भएको उल्लेख गरे।

उनले अनुशासित, चेतनशील तथा विकासप्रेमी नागरिकले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान कायम गर्न पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077