Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रतिनिधिसभा बैठकमा सभामुख प्रवेश गर्दा उठेनन् दुई मन्त्री, ऐन महरको नियमापत्ति

प्रतिनिधिसभा बैठकमा सभामुख प्रवेश गर्दा उठेनन् दुई मन्त्री, ऐन महरको नियमापत्ति

मंगलवार , आषाढ २, २०८३

काठमाडौं। प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्याल प्रवेश गर्दा मन्त्रीहरू नउठेका भनेर नियमापत्ति जनाइएको छ । 

आगामी आर्थिक वर्ष २०८३ को विनियोजन विधेयकअन्तर्गत  मन्त्रालयगत शीर्षकमा छलफल हुँदा सम्बन्धित मन्त्री उपस्थित नभएपछि मंगलबारको पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । 

दोस्रोपटक बैठक बस्दा अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्वधार विकासमन्त्री सुनिल लम्साल आसनबाट नउठेपछि एमालेका प्रमुख सचेतक ऐन महरले नियमापत्ति जनाएका हुन् । 

सचेतक महरले प्रतिनिधिसभा नियमावली २०८३ को नियम २० को खण्ड (क)प्रति ध्यानाकर्षण गराउँदै सभामुख बैठककक्षमा आउँदा मन्त्रीहरु नउठेको भन्दै ध्यानाकर्षण गराए । 

प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (क)मा सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने व्यवस्था छ

यही नियमप्रति सदनको ध्यानाकर्षण गराउँदै उनले नउठेका मन्त्रीको भिडियो ‘चेक’ गरी ‘रुलिङ’का निम्ति आग्रह गरे । 

'सम्मानीय सभामुख महोदय बैठककक्षमा प्रवेश गर्दैगर्दा दुईजना मन्त्रीज्यूले उठेर सम्मान गर्नुभएको छैन। यसले हामीलाई चिन्तित र गम्भीर बनाएको छ । त्यो भिडियो रेकर्ड चेक गरी रुलिङ गर्न अनुरोध गर्दछु,' प्रमुख सचेतक ऐन महरले भने । 

यद्यपी सभामुख अर्यालले भने नियमापत्ति प्रति कुनै चासो नदेखाइ बैठकका काम-कारबाही अघि बढाएका छन् ।

यसअघि पनि केहीदिन यता दुवै मन्त्री आ( आफ्नो अभिव्यक्तिका कारण विवादमा तानिएका छन् ।

अर्थमन्त्री वाग्लेले संसदमै करका दरमा हेरफेर भएकोबारे प्रतिपक्षले प्रश्न गर्दा तपाईहरुका काण्डबारे पनि अनविज्ञ छैनौँ भन्दै छानबिन गर्ने चेतावनी दिन पुगेका थिए ।

उक्त चेतावनी दिएपछि संसद बैठकमै विपक्षी दलहरूले विरोध जनाइरहेका छन् ।

यस्तै लम्सालले आइतबार नागढुंगा-मुग्लिङ सडक योजनाको निरीक्षण क्रममा त्यहाँ पुगेर मन्त्री लम्सालले काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँच्न’ निर्देशन दिएका थिए । उक्त अभिव्यक्तिपछि मन्त्री लम्सालको चर्को आलोचना भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077