Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ऐन महर एक लाख धरौटीमा रिहा, श्रीमती श्रेष्ठ पक्राउ

ऐन महर एक लाख धरौटीमा रिहा, श्रीमती श्रेष्ठ पक्राउ

सोमवार , पौष ७, २०८२

काठमाडौं । विद्युतीय कारोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसूरमा मुछिएका नेकपा एमालेका नेता ऐन महर एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि महरलाई धरौटीमा छाड्न आदेश दिएको हो।

अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार महर सोमबार अदालतमा बयान दिन उपस्थित भएका थिए।

सोही क्रममा अदालतले एक लाख रुपैयाँ धरौटी माग गरेपछि रकम बुझाएर उनी रिहा भएका हुन्।

उक्त मुद्दामा महरकी श्रीमती अनुजा श्रेष्ठ भने पक्राउ परेकी छन्। साइबर ब्युरोबाट खटिएको प्रहरीले थुनछेक बहस नसकिएपछि उनलाई नियन्त्रणमा लिएको हो।

ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीका अनुसार श्रेष्ठको हकमा बहस नसकिएकाले अदालतको आदेशअनुसार पक्राउ गरिएको हो।

महर दम्पतीविरुद्ध रश्मिला बमले विद्युतीय कारोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गत कसूर गरेको भन्दै साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भएपछि उनीहरू केही समय फरार रहेका थिए।

अदालतमा दर्ता भएको उक्त मुद्दामा सोमबार पेशी तोकिएको थियो। थुनछेक बहसपछि महर धरौटीमा रिहा हुँदा उनकी श्रीमती श्रेष्ठ भने अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेकी छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077