Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मिश्र र राणालाई झुठा मुद्दा लगाएर थुन्ने कोसिस नगरियोस् : ज्ञानेन्द्र शाही

मिश्र र राणालाई झुठा मुद्दा लगाएर थुन्ने कोसिस नगरियोस् : ज्ञानेन्द्र शाही

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई झुठा मुद्दा लगाएर थुनिएको आरोप लगाएका छन् ।

राप्रपाले बल्खुमा मंगलबार गरेको आमसभामा बोल्दै प्रवक्ता शाहीले सो कुरा बताएका हुन् । उनले मिश्र र राणालाई रिहाइ गर्न पनि माग गरेका छन्।

प्रवक्ता शाहीले भने,‘सरकारलाई अपिल गर्न चाहन्छु, झुठा मुद्दा लगाएर थुन्ने कोसिस नगरियोस्, झुठा मुद्दा तत्काल फिर्ता गरियोस्।’

उनले विभिन्न भ्रष्टाचार काण्डहरूको छानबिन गरिनुपर्ने पनि बताए। त्यस्तै,राप्रपा प्रवक्ता शाहीले जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने माओवादी कार्यकर्ता भएको आरोप लगाए।

प्रवक्ता शाहीले चैत १५ गते जडिबुटी प्रशोधन केन्द्रमा माओवादीका कार्यकर्ताले आगो लगाएको बताए।

दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन र त्यसपछिको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मिश्र र राणालाई पक्राउ गरेको थियो।

राजसंस्था पुनर्स्थापना र संघीयता खारेजीजस्ता एजेन्डामा राप्रपाले बल्खुमा प्रदर्शन र आमसभा गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077