काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि ज्यादती भएको भन्दै रास्वपा नेताहरु राष्ट्रिय मानव अधिकार आयोग जाने भएका छन्।
प्रहरीबाट प्रकृया नै पूरा नगरी पार्टि सभापति लामिछानेलाई पक्राउ गरिएको र श्रृङखलाबद्ध ज्यादती गरिएको भन्दै ध्यानाकर्षण गराउन रास्वपा नेताहरु आयोग जान लागेका हुन्।
आज साढे ११ बजे आयोगको पुल्चोकस्थित कार्यालय गएर ध्यानाकर्षण गराउने तयारी रहेको रास्वपाले जनाएको छ ।
उच्च अदालतले थुनामा राख्ने आदेश दिएलगत्तै गत शुक्रबार राति लामिछानेको घर पुगेर प्रहरीले पक्राउ गरेको थियो।
सहकारी ठगीको मुद्दामा लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको आरोप रास्वपाले लगाउँदै आएको छ ।