Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रविमाथि ज्यादती भएको भन्दै रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण

रविमाथि ज्यादती भएको भन्दै रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण

बुधवार , चैत्र २६, २०८१

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

रास्वपाले लामिछानेको मानव अधिकार हनन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको हो ।

आयोगको ध्यानाकर्षण गराउन कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियार लगायतका नेताहरु आज बिहान आयोगको कार्यालयमा पुगेका थिए।

उनीहरुले लामिछानेको मानव अधिकार रक्षाका लागि भन्दै आयोग पदाधिकारीको ध्यानाकर्षण गराएका थिए ।

सहकारीको रकम ठगेको कसुरमा चैत २२ गते शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै उच्चले पुर्पक्षमा पठाउन आदेश दिएपछि सोही दिन राति लामिछानेलाई प्रहरीले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो।

लामिछानेलाई प्रहरीले पक्राउ पुर्जी विना नियन्त्रणमा लिएको र ज्यादती गरेको भन्दै रास्वपाले विरोध जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077