काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन प्रस्ताव गरेका छन् ।
गृहमन्त्री रमेश लेखकको उपस्थितिमा भएको कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै सांसद परियारले उक्त प्रस्ताव अघि सारेका हुन् ।
उनले पूर्वराजा शाहलाई समितिमा बोलाएर उक्त घटना उनले घटाएको हो कि होइन सोध्नुपर्ने बताए।
सांसद परियारले भने,‘१५ गतेको घटना उहाँसँग सम्बन्धित छ कि छैन ? यो समितिमा बोलाऊँ पूर्वराजा ज्ञानेन्द्रलाई यो मानवअधिकार उल्लङ्घनको घटना हो कि होइन ? एउटा नागरिकको हिसाबले तपाईँ यो घटना गर्न पाउनुहुन्छ ? के हो यो कुरा ? यसका विषयमा पनि छलफल गर्न आवश्यक छ।’
कुनै पनि व्यक्तिलाई अराजकता र अमानवीय व्यवहार गर्ने छुट नभएको र पूर्वराजा ज्ञानेन्द्र यतिबेला सामान्य नागरिक मात्रै भएको उनको भनाइ छ।