Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ओली विनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन् : प्रधानमन्त्री ओली

ओली विनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन् : प्रधानमन्त्री ओली

शुक्रवार , चैत्र २८, २०८१

बुटवल। प्रधानमन्त्री केपी शर्मा ओलीले केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरू सफल नहुने बताएका छन् ।

एमाले रुपन्देही जिल्ला कमिटीले बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

उनले आफूपछि झन बलिया नेता आउने बताए । एमाले अध्यक्ष समेत रहेका ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरु असफल भएको उल्लेख गर्दै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने बताए।

प्रधानमन्त्री ओलीले भने,‘एमालेलाई सिध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरु सफल हुँदैनन् । म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान नेताहरु पार्टीमा आउनेछन् ।’

उनले एमालेले लिएको समृद्धि र विकासको यात्राबाट तर्सिएर देशी विदेशी प्रतिक्रियावादी स्वार्थी तत्वहरूले एमालेलाई विभाजनको कोसिस गर्नेहरू असफल भएको टिप्पणी गरे ।

राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट ल्याइएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अहिलेको सरकारले आफ्ना सबै प्रयास गरिरहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077