Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

शिक्षकका माग सम्बोधन गर्न कांग्रेस महामन्त्री थापाले दिए दुई विकल्प

शिक्षकका माग सम्बोधन गर्न कांग्रेस महामन्त्री थापाले दिए दुई विकल्प

शनिवार , चैत्र २९, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न दुईवटा विकल्प प्रस्ताव गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षक आन्दोलनबारे आफ्ना धारणा प्रस्तुत गर्दै महामन्त्री थापाले कानून नबनाएरै माग पूरा गर्न सकिने बताएका हुन्।

नयाँ शैक्षिक सत्र नजिक आइसकेकोले तत्काल मन्त्रिपरिषद् बैठकबाट शिक्षकका मागबारे निर्णय गरेर उनीहरुलाई विद्यालयमा फर्काउनु पर्ने विकल्प उनले दिए।

शिक्षकहरुका केही माग सम्बन्धित मन्त्रालयले नै निर्णय गरेर सम्बोधन गर्न सक्ने उनको भनाइ छ । शिक्षकको मुख्य माग शिक्षा ऐन जारीको विषयमा महामन्त्री थापाले आगामी बर्खे अधिवेशनको सुरुमै विधेयक पारित गर्ने गरी समझदारी गर्न सरकारलाई सुझाव दिएका छन्।

यसले विश्वासको वातावरण बन्ने र विधेयक फास्टट्रयाकबाट पारित गर्नुपर्ने उनले बताए । विधेयकका विषयवस्तुबारे भने यसअघि नै सहमति भइसकेको उनले स्मरण गराएका छन् ।

नतिजा प्रकाशन गर्नुपर्ने र नयाँ शैक्षिक सत्र सुरु हुनेबेलामा शिक्षकहरु सडक आन्दोलनमा आउनु लज्जास्पद भएको बताउँदै थापाले तत्काल सरकारले यसको टुंगो लगाउनु पर्ने माग गरे।

उनले शिक्षकहरूलाई पनि अहिलेको समयको संवेदनशीलतालाई बुझ्दिन आग्रह गरेका छन् । शिक्षकहरूले केही दिनदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै शैक्षिक हड्ताल गरेर काठमाडौंका सडकमा प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077