Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

संविधान संशोधन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुन्छ : शेखर कोइराला

संविधान संशोधन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुन्छ : शेखर कोइराला

शनिवार , चैत्र २९, २०८१

काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले संविधान पुनरवलोकनमा ढिलाइ गर्न नहुने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले सो कुरा बताएका हुन् । उनले संविधान संशोधन गर्न जति ढिलाइ हुन्छ त्यति नै सडक आक्रोशित हुने बताए।

नेता कोइरालाले भने,'यो सरकारले खासगरी संविधान पुनरावलोकन, संशोधन गर्ने कुरा गरेको छ । यसमा अब ढिलाइ नगरौँ । जति ढिलाइ हुन्छ, त्यति सडक आक्रोशित हुन्छ।'

उनले भ्रष्टाचार र दण्डहिनता बढेको पनि बताउँदै त्यसलाई नियन्त्रण गरेर अघि बढ्नुपर्ने बताए। नेता कोइरालाले सरकारको कामकारबाहीमा कांग्रेसले खबरदारी गर्नुपर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077