Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिना र छोरीविरुद्ध पक्राउ पुर्जी

बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिना र छोरीविरुद्ध पक्राउ पुर्जी

आइतवार , चैत्र ३०, २०८१

एजेन्सी । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिना र उनकी छोरी साइमा वाजेद पुतुलसहित अन्य १७ जनामाथि भ्रष्टाचार मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ ।

त्यहाँको एक अदालतले उनीहरूलाई एक आवासीय जग्गा खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो ।

बंगलादेशको ढाका महानगरीय वरिष्ठ विशेष न्यायाधीश जाकिर हुसेन गालिबले त्यहाँको भ्रष्टाचार विरोधी आयोगले पेस गरेको उनीहरूविरुद्धको अभियोगपत्र स्वीकार गरेको बताइएको छ ।

आरोपीहरू फरार रहेको भन्दै अदालतले उनीहरूविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077