Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

हर्क, कुलमान र बाबुरामसँग एकताका लागि सीके राउतले बनाए वार्ता कार्यदल

हर्क, कुलमान र बाबुरामसँग एकताका लागि सीके राउतले बनाए वार्ता कार्यदल

सोमवार , आषाढ १, २०८३

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले समान राजनीतिक विचारधारा, सिद्धान्त र लक्ष्य बोकेका दलहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यसहित ‘राष्ट्रिय वैकल्पिक मोर्चा’ गठनको पहल गर्ने निर्णय गरेको छ ।

पार्टीले यस अभियानअन्तर्गत श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० सँग औपचारिक मोर्चाबन्दीका लागि छलफल अघि बढाउने तयारी गरेको हो ।

जनमत पार्टीले वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य, एकीकरण र साझा मोर्चा निर्माणका सम्भावनाबारे संवाद अघि बढाउन विशेष वार्ता संयन्त्र समेत गठन गरेको जनाएको छ।

पार्टीका केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डल का अनुसार यस उद्देश्यका लागि नरेन्द्र चौधरीको संयोजकत्वमा तीन सदस्यीय वार्ता कार्यदल गठन गरिएको छ। कार्यदलमा डा। जयकान्त राउत र प्रमोदकुमार गुप्ता सदस्य रहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077