Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीके राउतलेको चुनावी प्रतिबद्धतापत्र : ‘जंगलराज’ अन्त्यदेखि आईटी हब निर्माणसम्म !

सीके राउतलेको चुनावी प्रतिबद्धतापत्र : ‘जंगलराज’ अन्त्यदेखि आईटी हब निर्माणसम्म !

बिहिवार , फाल्गुण १४, २०८२

राजविराज। जनमत पार्टीकाका अध्यक्ष तथा सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. सीके राउतले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उनले सप्तरीमा दशकौँदेखि ‘डर, त्रास, असुली र जंगलराज’ कायम रहेको दाबी गर्दै त्यसको अन्त्य गरी पूर्ण शान्ति र सुव्यवस्था स्थापना गर्नु आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन्।

डा. राउतले जनताको हकअधिकारका लागि संघर्षका क्रममा २४ पटकभन्दा बढी जेलनेल र राजकीय यातना भोगेको स्मरण गर्दै आफू बुद्ध र गान्धीको अहिंसावादी मार्गमा अडिग रहेको उल्लेख गरे।

उनले निर्दोष नागरिकलाई झुटा मुद्दामा फसाउने प्रवृत्ति अन्त्य गर्ने र विधिको शासन स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।

राजविराजको विकासका लागि वर्षौंदेखि अलपत्र रहेका ठूला योजनाहरू सम्पन्न गर्ने उनको घोषणा छ। जसमा गजेन्द्र नारायण सिंह अस्पतालका नयाँ भवनहरू, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश कृषि विश्वविद्यालय र कन्या छात्रावास जस्ता महत्त्वपूर्ण योजनाहरू रहेका छन् ।

साथै, राजविराज नगरपालिकाको पुरानो 'बिटोरी' जग्गा समस्या समाधान गर्ने, निर्माणाधीन बसपार्क र कोल्ड स्टोरलाई तत्काल सञ्चालनमा ल्याउने उनको योजना छ।

सप्तरीलाई आधुनिक प्रविधिको 'हब' बनाउने लक्ष्यका साथ राउतले आईटी पार्क, कल सेन्टर र कोडिङ आर्मी जस्ता नवीन परियोजनाहरू अघि सारेका छन्। राजविराज-१० मा मधेश स्पेस सेन्टर र स्कूल अफ एआई एन्ड रोबोटिक्स स्थापना गरी मधेशलाई प्रविधिको क्षेत्रमा विश्वस्तरमा चिनाउने उनको दाबी छ।

औद्योगिक विकासका लागि कुनौली-राजविराज-रूपनी औद्योगिक कोरिडोर निर्माण गर्ने र विशेष आर्थिक क्षेत्रमार्फत कृषि र उद्योगलाई जोडेर हजारौं युवाहरूलाई स्वदेशमै रोजगारी दिने कुरा प्रतिबद्धतापत्रमा उल्लेख छ।

किसानका समस्यालाई सम्बोधन गर्दै डा. राउतले खेत-खेतमा विद्युतीय सिँचाइ पुर्‍याउने, मलखादको सहज उपलब्धता सुनिश्चित गर्ने र कृषि उपजको उचित मूल्य दिलाउने कार्यमा ठोस पहल गर्ने बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077