Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनमत पार्टी विभाजनविरुद्ध सर्वोच्चमा सीके राउतको रिट

जनमत पार्टी विभाजनविरुद्ध सर्वोच्चमा सीके राउतको रिट

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । जनमत पार्टी विभाजनविरुद्ध अध्यक्ष डा. सीके राउतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

जनमतका अध्यक्ष राउतले राजनीतिक दलसम्बन्धि ऐन निष्क्रिय भएको समयमा दल विभाजन नै हुन नसक्ने भन्दै रिट दायर गरेका हुन् ।

दायर मुद्दामाथि शुक्रबार पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता समेत रहेका सह(रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

जनमतका तत्कालीन उपाध्यक्ष रहेका दीपककुमार साहसहितले जनमत पार्टी फुटाएर १४ जना केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यलाई फुटाएर जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता गरिसकेका छन् ।

आयोगले दल दर्ता भएको प्रमाणपत्र समेत दिइसकेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077