Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आन्तरिक विवादबीच जनमतले फेर्‍यो संसदीय दलको नेता, यादवलाई हटाएर सिंहलाई जिम्मेवारी

आन्तरिक विवादबीच जनमतले फेर्‍यो संसदीय दलको नेता, यादवलाई हटाएर सिंहलाई जिम्मेवारी

मंगलवार , बैशाख २२, २०८३

जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशसभामा आफ्नो संसदीय दलको नेता परिवर्तन गरेको छ।

जनमत पार्टीले मधेश प्रदेश संसदीय दलको नेता महेश प्रसाद यादवलाई जिम्मेवारीबाट हटाएर चन्दन कुमार सिंहलाई जिम्मेवारी दिएको हो। 

'उपरोक्त सम्बन्धमा आजैको मितिदेखि लागू हुने गरी जनमत पार्टी मधेस प्रदेश संसदीय दलको नेताको रूपमा चन्दन कुमार सिंहलाई तोकी जिम्मेवारी हेरफेर गरिएको व्यहोरा जानकारी गराउँदछौँ,' पार्टीको केन्द्रीय कार्यकारिणी समितिद्धारा जारी पत्रमा भनिएको छ ।

जनमतभित्र विवाद बढ्दै जाँदा सरकारलाई मधेशमा वर्तमान सरकारलाई दिइएको समर्थनकायमै र फिर्ताको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो । 

जनमतका बहुमत प्रदेश सांसदहरूले हिजो मधेश सरकारको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाएको १२ घण्टापछि नेता यादवले भने समर्थन कायमै रहेको पत्र बुझाएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077