Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जनमत पार्टी विभाजनविरुद्धको रिट, पार्टी दर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

जनमत पार्टी विभाजनविरुद्धको रिट, पार्टी दर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । सर्वोच्च अदालतले डा। सीके राउत नेतृत्वको जनमत पार्टी फुटाएर जनस्वराज पार्टी (जस्वपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

जनमतका अध्यक्ष राउतको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

निर्वाचन आयोगले यहिँ असोज २८ गते जनमत पार्टी फुटाएर जनस्वराज पार्टी दर्ता गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध डा।राउतले सर्वोच्च अदालतमा उत्प्रेषणसमेतको रिट दायर गरेका थिए ।

न्यायाधीश श्रेष्ठले विपक्षीका नाममा लिखित जवाफ माग्दै आगामी कार्तिक १७ गते छलफल हुने मिति तोकेका छन् ।

अदालतले आयोगसहित विपक्षीलाई सूचना म्याद दिँदै १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077