Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

टेम्पो प्रकरणमा छानबिन गर्न सुदूरपश्चिम सरकारद्वारा समिति गठन, सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

टेम्पो प्रकरणमा छानबिन गर्न सुदूरपश्चिम सरकारद्वारा समिति गठन, सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

सोमवार , आषाढ १, २०८३

धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ गाइमारे चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसेको घटनाबारे छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले समिति गठन गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो ।

छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी, वन कार्यालयका वरिष्ठ अधिकारी, यातायात कार्यालयका इन्जिनियर र मन्त्रालयका कानुन अधिकृत सदस्य रहेका छन् ।

डिभिजन वन कार्यालय कैलालीले विभिन्न स्थानमा अतिक्रमण हटाउने अभियान सञ्चालन गरिरहेको अवस्थामा शुक्रबार ९जेठ २९० गोदावरी सामुदायिक वन क्षेत्रभित्र टेम्पो भीरबाट पल्टाइएको थियो ।

गोदावरी नगरपालिका–४ बासपानीकी धनादेवी धामीले जीविकोपार्जनका लागि सामान ओसारपसार गर्न प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारीले भीरबाट खसालेका थिए ।

त्यससम्बन्धी फोटोरभिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सरकारको चौतर्फी आलोचना गरिँदै छ । यही विषयमा मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको हो ।

यसअघि वन कार्यालय प्रमुखले टेम्पो नियतवश नखसाइएको बताएका थिए भने घटनामा संलग्न कर्मचारीहरू प्रहरीको निगरानीमा रहेका छन् ।

वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरमा खसालिएको घटनामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले घटनाबारे सोधपुछका लागि १० जनालाई नियन्त्रणमा समेत लिएको छ

समितिलाई घटनाको वास्तविकता पत्ता लगाई सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । प्रदेश सरकारले छानबिन प्रतिवेदनका आधारमा आवश्यक कारबाही गर्ने जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077