Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

अमेरिका र इरानबीच ओमानमा परमाणु वार्ता, सकारात्मक भएको दाबी

अमेरिका र इरानबीच ओमानमा परमाणु वार्ता, सकारात्मक भएको दाबी

आइतवार , चैत्र ३०, २०८१

एजेन्सी । अमेरिका र इरानबीच सात वर्षपछि परमाणु वार्ता भएको छ।

ओमानको मध्यस्थतामा यी दुई देशका प्रतिनिधिबीच ओमानको राजधानी मस्कटमा वार्ता भएको हो ।

दुई देशबीच पछिल्लोपटक सन् २०१८ मा उच्चस्तरीय परमाणु वार्ता भएको थियो । पछिल्लो वार्तालाई दुवै देशले रचनात्मक भएको बताएका छन्।

वार्तामा अमेरिकी प्रतिनिधि मण्डलको नेतृत्व राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीभ विटकोफ र इरानी प्रतिनिधि मण्डलको नेतृत्व विदेशमन्त्री अब्बास अरागचीले गरेका थिए।

अगामी हप्ता यी दुई देशबीच पुनः वार्ता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077