Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले गरे गौरादह नगर अस्पतालको शिलान्यास

प्रधानमन्त्री ओलीले गरे गौरादह नगर अस्पतालको शिलान्यास

आइतवार , चैत्र ३०, २०८१

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले गौरादह नगर अस्पतालको शिलान्यास गरेका छन्।

प्रधानमन्त्री ओलीले गौरादह नगरपालिकाको १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा अस्पताल भवनको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीयबासीका साथै छिमेकी भारतका जनताको स्वास्थ्य उपचारमा समेत लाभ दिन सक्ने विश्वास व्यक्त गरे ।

उनले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताए

। मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यवसायिकता र रोजगारीमा लाग्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077