Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

हतियार र लागुऔषधसहित भारतीय युवक पक्राउ

हतियार र लागुऔषधसहित भारतीय युवक पक्राउ

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । रौतहटको राजदेवी नगरपालिका–८ स्थित नेपाल–भारत सीमाबाट एक भारतीय युवक हतियार र लागुऔषधसहित पक्राउ परेका छन् ।
शनिबार राति जयसवाल मदिरा पसल बाहिर होहल्ला र झैझगडा गरिरहेको सूचना पाएपछि गस्तीमा खटिएको सशस्त्र प्रहरीले भारत बिहार,सीतामढीका २३ वर्षीय किशन कुमारलाई नियन्त्रणमा लिएको हो ।

खानतलासी गर्दा उनको साथबाट म्यागजिन र लगपिन नभएको पेस्तोल एक थान,कोरेक्स तीन बोतल,नाइट्रोभेट पाँच ट्याब्लेट र एक थान मोबाइल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका कुमारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077