Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

यूके र क्यानडा पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ

यूके र क्यानडा पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । वैदेशिक रोजगारीका लागि यूके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ बस्ने ३५ वर्षीय ख्याम खड्का र काठमाडौं महानगरपालिका-३० बस्ने २३ वर्षीय ईश्वर पोखरेल रहेका छन्।

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्याउदै विदेश नपठाई सम्पर्क विहीन भएपछि पीडितहरुले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा खड्कालाई शनिबार ललितपुरको महालक्ष्मी नगरपालिका-८ बाट र पोखरेललाई काठमाडौं महानगरपालिका-१४ बाट शुक्रबार नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

खड्काले यूके पठाइदिने भन्दै २ जना पीडितसँग ३६ लाख रुपैयाँ र पोखरेलले एक जना पीडितसँग क्यानडा पठाइदिने भन्दै १० लाख ५१ हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेको उजुरी परेको थियो ।

पिडितहरुको उजुरीको आधारमा अनुसन्धान गर्दा विदेश पठाउने भनी ठगी गर्ने ब्यक्तिहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077