Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो

रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको निवेदनमा सुनुवाइ सकिएको छ ।

सहकारी ठगी र संगठित अपराध मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गरेको आदेश बदरको माग गर्दै लामिछानेले सर्वोच्चमा दायर गरेको रिट निवेदनमा सुनुवाइ सकिएको हो ।

हाल भैरहवा कारागारमा रहेका लामिछाने गत शुक्रबार मात्रै आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन दर्ता गराएका थिए।

उक्त रिटमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ सकिएको हो ।

सर्वोच्चले केही बेरमा लामिछानेलाई थुनामै राख्ने कि साधारण तारेखमा छाडेर मुद्दाको पुर्पक्ष गर्ने भन्नेबारेमा आदेश दिनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077