Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

तीनकुनेमा आगजनी गरेको आरोपमा दुईजना पक्राउ, दुर्गा प्रसाईनिकट रहेको खुलासा

तीनकुनेमा आगजनी गरेको आरोपमा दुईजना पक्राउ, दुर्गा प्रसाईनिकट रहेको खुलासा

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । प्रहरीले गत चैत १५ गते भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–१ का २२ वर्षीय सरोज गौतम र अछामको पञ्चदेवल नगरपालिका घर भएका २० वर्षीय गोकर्ण शाही छन् ।

गौतमले तीनकुनेको घरमा आगो लगाएको आरोप छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अर्का शाही भने एटीएफको सदस्य रहेको पाइएको छ ।

उनी माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड गर्ने काममा खटिएको बताइएको छ । प्रहरीले दुवै जनामाथि थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077