Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ज्वाला संग्रौलालाई तीन दिनभित्र उपस्थित हुन सर्वोच्चको आदेश

ज्वाला संग्रौलालाई तीन दिनभित्र उपस्थित हुन सर्वोच्चको आदेश

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले रास्वपा नेता टीका संग्रौला (ज्वाला) लाई तीन दिनभित्र बयानका लागि उपस्थित गराउने आदेश गरेको छ ।

न्यायाधीश हरि फुयाल र शारंगा सुवेदीको इजलासले बयानका लागि उपस्थित गराउनेसहित कारण देखाउ आदेश जारी गरेको हो।

गत चैत २२ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने गरेको थियो । उक्त आदेशविरुद्ध अदालतले अवहेलना हुनेगरी उनले सामाजिक सञ्जालमा टीकाटिप्पणी गरेकी थिइन् ।

उक्त स्टाटसले अदालतको फैसला कार्यान्वयनमा अवरोध गर्ने र न्यायपालिकामाथिको जनविश्वासमा संकट पैदा गर्ने भन्दै प्राञ्जल केसीले चैत २७ मा अवहेलना निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077