Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

हुण्डी कारोबारमा संलग्न गोरखाकी करिना ९ लाखसहित पक्राउ

हुण्डी कारोबारमा संलग्न गोरखाकी करिना ९ लाखसहित पक्राउ

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । हुन्डीको अवैध कारोबार गर्ने एक महिला पक्राउ परेकी छन् ।

काठमाडौँको न्युरोडबाट पालुङटार नगरपालिका-१० बागडाँडाकी १९ वर्षीया करिना देवकोटालाई प्रहरीले आइतबार ९ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौँ महानगरपालिका-२२ न्युरोडस्थित हुन्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले हुन्डी कारोबारमा संलग्न भएकै अवस्थामा देवकोटालाई पक्राउ गरेको जनाएको छ ।

उनमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077