Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नयाँ वर्षको पूर्वसन्ध्यामा कन्याममा रमाउँदै परराष्ट्रमन्त्री राणासहित १५ देशका राजदूत

नयाँ वर्षको पूर्वसन्ध्यामा कन्याममा रमाउँदै परराष्ट्रमन्त्री राणासहित १५ देशका राजदूत

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपालमा रहेका विदेशी नियोगका प्रमुख तथा विभिन्नअन्तर्राष्ट्रिय संघ संगठनहरुका प्रतिनिधि तथा राजदूतहरुका लागि रिट्रिट कार्यक्रम गरेको छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा आइतबार इलामको कन्याममा विभिन्न देशका १५ राजदूतसहित कूटनीतिज्ञहरु रमाएका हुन् ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सचिव अमृत राईसहितका कर्मचारी, बोर्डका कर्मचारी, १५ देशका राजदूतलगायत ४५ जना उच्च अधिकारीले आज कन्याम भ्रमण गरे ।

टोलीलाई नगरपालिकाले कन्याम स्वागत गरेर वडा नं ४ स्थित श्रीअन्तु पुर्‍याएको छ । अतिथिलाई कन्याममा पञ्चैबाजाले स्वागत गरिएको थियो ।

परराष्ट्र मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत राजदूतलाई मुलुकका पर्यटकीय गन्तव्यको भ्रमण गराएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077