Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

म्यानमारमा स्वास्थ्य सेवा गरी फर्केको सेनाको टोलीलाई जंगी अड्डामा सम्मान

म्यानमारमा स्वास्थ्य सेवा गरी फर्केको सेनाको टोलीलाई जंगी अड्डामा सम्मान

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । म्यानमारमा विनाशकारी भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्यउपचारका लागि खटिई स्वदेश फिर्ता भएका नेपाली सेनाको टोलीलाई सम्मान गरिएको छ ।

आइतबार जंगी अड्डामा एक कार्यक्रमकाबीच प्रधानसेनापति अशोकराज सिग्देलले २३ जनालाई महारथी श्री प्रशंसा निसानद्वारा सुशोभित गरेका हुन् ।

म्यानमारमा गएको विनाशकारी भूकम्पमा घाइते भएकाहरूलाई तत्काल स्वास्थ्य उपचार प्रदान गर्न नेपाल सरकारको निर्णयबमोजिम नेपाली सेनाको चिकित्सकीय, बन्दोबस्ती सहायता र क्रु मेम्बरसहितको टोली चैत २० गते म्यानमार प्रस्थान गरी शुक्रबार स्वदेश फिर्ता भएको थियो ।

उक्त टोलीमा शल्यक्रिया विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, मेडिकल अधिकृत, नर्स तथा प्यारामेडिकसहित थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077