Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

उदयपुरबाट १८० किलो अवैध गाँजा बरामद

उदयपुरबाट १८० किलो अवैध गाँजा बरामद

सोमवार , बैशाख १, २०८२

उदयपुर । उदयपुर प्रहरीले १८० किलो अवैध गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेलका नगरपालिका वडा नम्बर ८ सप्तकोशी किनारबाट बेवारिसे अवस्थामा गएराति गाँजा बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले ६ वटा बोराभित्र प्लाष्टिकमा बेरेर लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा बरामद गरेको बताइएको छ ।

उक्त गाँजा हाल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ । संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077