Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

इन्सपेक्टर बढुवाः आईजीपी थापाको पहिलो सफलता

इन्सपेक्टर बढुवाः आईजीपी थापाको पहिलो सफलता

सोमवार , बैशाख १, २०८२

काठमाडौं । नेपाल प्रहरीमा लामो समयदेखि रोकिदै आएको इन्सपेक्टर बढुवाको जाम खुलेको छ ।

आइतबार बेलुका ६१ जना वरिष्ठ प्रहरी निरीक्षकको इन्सपेक्टरमा बढुवा गरिएको छ। बढुवालाई धेरैले आश्चर्यका रुपमा लिएका छन्।

किनकी सबै सिनियर टोलीबाट बढुवा भएका छन्। २०५८ सालमा भर्ना भएको ११३ को टोलीबाट मात्र बढुवा गरिएको छ ।

जबकी त्यसपछि भर्ना भएको १२५ को टोलीका अधिकृतहरु अहिले शक्तिशाली थिए। उनीहरुकै दबाबकै कारण बढुवा रोकिदै आएको थियो।

तर, प्रहरी महानिरीक्षक दिपक थापा सबैलाई मनाएर सिनियर ब्याचबाट मात्र बढुवा निकाल्न सफल भएका छन्।

यसलाई महानिरीक्षक थापाको नेतृत्वको पहिलो सफलता मानिएको छ ।

यही साता प्रहरीमा रिक्त रहेका एआइजी तथा डिआइजी पदमा पनि बढुवा निकाल्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077