Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

राजसंस्थाका पक्षमा नारा लगाउने अमेरिकी नागरिक निष्कासित, नेपाल प्रवेशमा २ वर्ष प्रतिबन्ध

राजसंस्थाका पक्षमा नारा लगाउने अमेरिकी नागरिक निष्कासित, नेपाल प्रवेशमा २ वर्ष प्रतिबन्ध

सोमवार , बैशाख १, २०८२

काठमाडौं । राजसंस्थाको पक्षमा र सरकारविरुद्ध नाराबाजी गर्ने अमेरिकी नागरिकलाई (डीपोर्ट) गरिने भएको छ ।

गृह मन्त्रालयले अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउने गरी निष्कासन (डीपोर्ट) गर्ने निर्णय गरेको हो ।

१४ चैतमा माइतीघरमा राजसंस्थाका पक्षमा नारा लगाउँदै आक्रामक भएपछि ५८ वर्षीय अमेरिकी नागरिक जुलियन किर्पाल ब्लिसलाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यसपछि प्रहरीले अनुसन्धानका लागि अध्यागमन विभागमा पठाएको थियो । आइतबार गृह मन्त्रालयले डिपोर्ट गर्ने निर्णयसहित फाइल पठाएको छ ।

ब्लिसले बयानका क्रममा आफ्नो उद्देश्य हिन्दु धर्म संरक्षणसँगै गाईको रक्षा गर्नुपर्ने, मानव बेचबिखनका विषयमा महिला तथा बालबालिका जोगाउनुपर्नेबारे वकालत गर्दै आएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077