Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नयाँ वर्षकै दिन सुनसरीमा गोली चल्यो

नयाँ वर्षकै दिन सुनसरीमा गोली चल्यो

सोमवार , बैशाख १, २०८२

सुनसरी । सुनसरीको देवानगञ्जमा सोमबार साँझ गोली चलेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार तस्करीसँग सम्बन्धित गिरोहबीचको विवादकै कारण गोली चलेको हो ।

घाइते हुनेमा देवानगञ्ज गाउँपालिका–२ का २४ वर्षीय रविन्द्र यादव र वडा नं-१ का शिवुकुमार मेहता रहेका छन्।

प्रहरीका अनुसार यादवको अवस्था सामान्य छ। उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। गम्भीर घाइते मेहतालाई भने विराटनगरस्थित नोवेल अस्पताल लगिएको सुनसरी प्रहरीले जनाएको छ ।

गोली प्रहार भएको सूचना प्राप्त भए पनि विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको दाबी छ । प्रहरी निरीक्षक पर्शुराम राईको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको छ ।

गोली प्रहारमा संलग्न समूह देवानगञ्ज–६ का युवाहरु रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077