Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

तस्करीको सामानमा हिसाब नमिल्दा गोली हानाहान भएको खुलासा

तस्करीको सामानमा हिसाब नमिल्दा गोली हानाहान भएको खुलासा

मंगलवार , बैशाख २, २०८२

सुनसरी । भारतबाट तस्करी गरि ल्याएको सामान बिक्री गरेको हिसाब मिलाउने विषयमा विवाद हुँदा सुनसरीमा सोमबार साँझ दुई समूहबीच गोली हानाहान भएको खुलेको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका २ मा सोमबार साँझ गोली हानाहानबाट तीन जना घाइते भएका थिए । प्रहरीका अनुसार ६ जना तस्करहरूको समूहबीच दोहोरो झडप भएको हो ।

उनीहरूले एक अर्काविरुद्ध पेस्तोलबाट गोली हानाहान गरेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीले गोली हान्ने कार्यमा संलग्न देवानगन्ज गाउपालिका-१ का २१ वर्षीय पिन्टु यादव र २७ वर्षीय रबिनकुमार यादवलाई पक्राउ गरेको छ ।

गोली लागेका दुईजना सामान्य घाइते भएका छन् भने शिवुकुमार मेहता गम्भीर घाइते भएका छन । उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न तीन जनाको समेत पहिचान भइसकेकाले उनीहरूलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको छ । घटनाको प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077