Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कक्षा १२ को परीक्षामा संलग्न नहुन आन्दोलनरत शिक्षकहरूलाई महासंघको आग्रह

कक्षा १२ को परीक्षामा संलग्न नहुन आन्दोलनरत शिक्षकहरूलाई महासंघको आग्रह

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । नेपाल शिक्षक महासंघले वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा संलग्न नहुन आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूलाई आग्रह गरेको छ।

महासंघले आज विज्ञप्तिमार्फत् चैत २० गतेदेखि काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन जारी रहेको भन्दै यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन आग्रह गरेको हो।

विज्ञप्तिमा भनिएको छ,‘२०८२ वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुनु हुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरुमा अपील गर्दछौं। शीघ्रातीशीघ्र शिक्षा ऐन जारी गराई विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको यस आन्दोलनलाई सहयोग तथा समर्थन गरी दिनुहुन विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति गाउँरनगरपालिका तथा सबै शैक्षिक सरोकार पक्ष समक्ष अनुरोध गर्दछौं।’

नेपाल शिक्षक महासंघ २०८१ माघ २० गतेबाट निरन्तर आन्दोलनमा रहेको यसैक्रममा २०८१ चैत्र २० गतेबाट काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन चलिरहेको पनि महासंघगले अवगत गराएको छ।

यसैगरी अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउने पावन उद्देश्यबाट गरिएको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्न संस्थागत विद्यालयहरूलाई समेत आग्रह गरिएको छ।

संस्थागत विद्यालयहरूसमेत बन्द गरिदिई आन्दोलनलाई सघाउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई पनि आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077