Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

थाइल्यान्डबाट गाँजा बोकेर आएका एक भारतीय विमानस्थलबाट पक्राउ

थाइल्यान्डबाट गाँजा बोकेर आएका एक भारतीय विमानस्थलबाट पक्राउ

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

थाइल्यान्डबाट करिब ७ किलो गाँजा बोकेर आएका एक भारतीय नागरिकलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतीय नागरिक २७ वर्षीय भिसाक भिजयन छन्। उनलाई सोमबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो।

विमानस्थलको टनेल गेटबाट ६ किलो ९७० ग्राम गाँजासहित उनी पक्राउ परेका हुन्।

थाई एयरको उडानद्वारा बैंकक हुँदै नेपाल आएका उनलाई जाँच गर्ने क्रममा लगेजबाट उक्त गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077