Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

धनकुटामा दुई किशोरमाथि छुरा प्रहार, संलग्न दुई जना पक्राउ

धनकुटामा दुई किशोरमाथि छुरा प्रहार, संलग्न दुई जना पक्राउ

मंगलवार , बैशाख २, २०८२

धनकुटा । धनकुटामा छुरा प्रहारबाट दुई किशोर घाइते भएका छन्।

घाईते हुनेहरुमा धनकुटा नगरपालिका–५ बिहीबारेका १७ वर्षीय आयुष राई र कुशल राई रहेका छन् ।

बिहीबारे हाट नजिकै उनीहरुमाथि छुरा प्रहार भएको भएको थियो । कुशलको टाउको तथा ढाड र आयुषको गर्धन तथा बायाँ पाखुरामा चोट रहेको जनाइएको छ।

घाइतेमध्ये कुशललाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि लगिएको छ ।

आयुषको भने जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ। घटनामा सम्लग्न धनकुटा–६ नाशल चोकका १९ वर्षीय रुसुक नेवा खड्गी र धनकुटा–७ का १८ वर्षीय लाजीहाङ लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

खड्गीलाई नाशल चोक र लिम्बुलाई शिव मन्दिर नजिकबाट पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077